एनआईएमबी एस क्यापिटलको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह’
काठमाडौं । एनआईएमबी एस क्यापिटल लि.को आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह–२०२३’ को सन्दर्भमा आज सिराईचुली होटल, भरतपुर, चितवनमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको पहलमा आयोजना भएको उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका प्रतिनिधि सानु खड्काको समेत उपस्थिति रहेको थियो ।
विश्व लगानीकर्ता सप्ताह–२०२३ एक हप्ता लामो, आईओएससीओद्वारा प्रवर्द्धन गरिएको विश्वव्यापी अभियान हो, जसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्वबारे चेतना जगाउन र यी दुई महत्वपूर्ण क्षेत्रहरूमा धितोपत्र नियामकहरूको विभिन्न पहलहरूलाई केन्द्रीकृत गर्दछ ।
कार्यक्रमको मुख्य वक्ता एनआईएमबी एस क्यापिटल लि.का महाप्रबन्धक सचिन्द्र ढुंगाना रहेका थिए भने अन्तरक्रिया सत्रलाई कर्पोरेट एडभाइजरी विभाग प्रमुख भुवनराज पन्त र पीएमएस प्रमुख सृष्टि शाहले सञ्चालन गरेकी थिइन् । अन्तरक्रिया मुख्यतया “विश्व लगानीकर्ता सप्ताह–२०२३” को मुख्य विषयवस्तुमा केन्द्रित थियो । लगानीकर्ताको लचिलोपन, क्रिप्टो सम्पत्ति र दिगो वित्त कार्यक्रमको यस अभियानको मुख्य विषयवस्तु हो भने ठगी र घोटाला रोकथाम, लगानीको आधारभूत प्रविधि र डिजिटल वित्त अन्य पूरक विषयवस्तु रहेका छन् । कार्यक्रममा लगानीकर्ता सप्ताह–२०२३ को मुख्य विषयवस्तुसँग नेपाली सेयर बजारका विभिन्न पक्षहरूको सम्बन्धका बारेमा पनि छलफल गरिएको थियो ।
उक्त कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषतासहित नेपाली लगानीकर्ताको व्यावहारिक पक्षबारे पनि छलफल गरिएको थियो । महाप्रबन्धक ढुंगानाले कार्यक्रममा सहभागीहरूको जिज्ञासा समाधान गर्नुका साथै आगामी दिनमा पनि यस्तै अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैमा “विश्व लगानीकर्ता सप्ताह–२०२३” को सफलताको शुभकामना समेत व्यक्त गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया