एनआईसी एसिया क्यापिटलद्वारा सञ्चालित सामूहिक लगानी कोष योजनाहरूको लाभांश घोषणा
काठमाडौं । एनआईसी एसिया क्यापिटलद्वारा सञचालित सामूहिक लगानी कोष योजनाहरूको प्रतिफल घोषणा भएको छ । क्यापिटलको यही असोज २७ गते कम्पनीको कार्यालय थापाथली, काठमाडौंमा बसेको सञ्चालक समितिको एक सय ३१औँ बैठकले आर्थिक वर्ष २०७९/०८० का लागि एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित योजनाहरूमध्ये एनआईसी एसिया ग्रोथ फन्डले इकाइधनीहरूलाई १० दशमलव ५० प्रतिशत (करसहित)का दरले हुनआउने आठ करोड ७६ लाख ९६ हजार रूपैयाँ र एनआईसी एसिया ब्यालेन्स्ड फन्डले इकाइधनीहरूलाई १० प्रतिशत (करसहित)का दरले हुनआउने रकम सात करोड ५५ लाख रूपैयाँ नगद प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।
एनआईसी एसिया ग्रोथ फन्डले पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष १२ प्रतिशत, तेस्रो वर्ष ३० प्रतिशत, चौथो वर्ष १३ प्रतिशत तथा पाचौँ वर्ष अर्थात् आव २०७९/८० को लागि घोषणा गरेको १० दशमलव ५० प्रतिशतसहित हालसम्म ७५ दशमलव ५० प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ भने एनआईसी एसिया ब्यालेन्स्ड फन्डले सञ्चालनमा आएको पहिलो वर्ष आठ प्रतिशत, दोस्रो वर्ष ३० प्रतिशत, तेस्रो वर्ष १३ प्रतिशत र चौथो वर्ष अर्थात् आव २०७९/८० को लागि घोषणा गरेको १० प्रतिशतसहित हालसम्म ६१ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ । साथै एनआईसी एसिया डाइनामिक डेप्ट फन्डले आव २०७९/८० मा १० प्रतिशत नगद प्रतिफल घोषणा गरी मिति २०८०/०५/१७ गतेदेखि सम्बन्धित इकाइधनीहरूको हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा जम्मा गरिसकेको जानकारी कम्पनीले दिएको छ ।
छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिँदै क्रमिकरूपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एनआईसी एसिया क्यापिटल लिमिटेडले हाल म्युचुअल फन्ड, सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्शलगायतका मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङसम्बन्धी सम्पूर्ण सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया