एभिएसन बीमाको क्षेत्रमा छलाङ मार्दै सलिको
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. र सगरमाथा इन्स्योरेन्स कम्पनी लि. एक–आपसमा गाभिएपछि कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ग्राहक वर्गको थप विश्वास तथा माया हासिल गर्दै हवाइ बीमाका क्षेत्रमा समेत आफूलाई अब्बल साबित गर्न सफल भएको छ ।
नेपालमा रहेका एभिएसन कम्पनीहरूमध्ये सातवटा कम्पनीहरूको बीमा गर्दै आइरहेको सलिको निर्जीवन बीमा कम्पनीहरूले प्रकाशित गरेको चालू अर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक विवरणअनुसार सातवटा एभिएसन कम्पनीहरूको रक्षाकवचका रूपमा रहेको छ भने सर्वाधिक बीमा शुल्कबापतको आम्दानी गर्न सफल सलिकोले दाबी भुक्तानीतर्फ समेत सर्वाधिक भुक्तानी गरी विपत्को समयमा राहत प्रदान गर्न सफल भएको छ ।
कम्पनीमा बीमा गराउने एभिएसन कम्पनीको संख्या र बीमाशुल्कको आधारमा सलिको इन्स्योरेन्स सरकारी बीमा कम्पनीबाहेकको बजार हिस्साको आधारमा अग्रणी स्थानमा रहेको देखिन्छ । कम्पनीमा बीमा गराएका हवाइ साधनहरूमध्ये चारवटा हेलिकोप्टर दुर्घटना परेकोमा श्री हेलि एभरेष्टको हेलिकप्टर दुर्घटनाको क्षतिपूर्तिबापत भाद्र महिनासम्ममा करिब २९ करोड रूपैयाँ भुक्तानी गरिसकेको छ । बाँकी दुर्घटनाहरूको दाबी भुक्तानीसम्बन्धी प्रक्रिया तीव्रताका साथ अगाडि बढाइएको छ ।
क्याटेगोरी : बीमा बजार, बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया