सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र गुरु ट्राभल्सबीच सहकार्य
काठमाडौं । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेड तथा नेपालको इन्स्योरेन्स क्षेत्रकै विशिष्ट र सशक्त बीमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच व्यावसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको सहायक महाप्रबन्धक रामजी ढकाल तथा गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलबाट हस्ताक्षरित सहमतिपत्र एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरियो ।
सहमतिपत्रमा उल्लेख भए बमोजिम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरूलाई गुरु ट्राभल्स लिमिटेडले विभिन्न ट्राभल प्याकेजहरूमा १० हजार रूपैयाँसम्मको स्पेसल डिस्काउन्टका साथै अन्य विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराउनेछ । यस्तै गुरु ट्राभल्स लिमिटेडका कर्मचारी एवं ग्राहकहरूले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबाट सहजरूपमा ट्राभलबिमा प्राप्त गर्ने तथा अन्य बीमाहरूको हकमा १० प्रतिशतसम्मको स्पेसल कर्पोरेट डिस्काउण्ट प्राप्त गर्ने जनाइएको छ । गुरु ट्राभल्स लिमिटेडका ग्राहकहरूले एकै स्थानबाट ट्राभल बीमा खरिद गर्न पाउने तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो ट्राभल्स पार्टनरको रूपमा सेवा लिने सहमति भएको छ ।
सामाजिक अभियानहरू तथा संस्थागत सामाजिक क्रियाकलापहरूमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ । गुरु ट्राभल्स लिमिटेड २०२२ मा स्थापना भएको नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी हो र यसले एकल स्थानबाट सबै पर्यटन उत्पादनहरू प्रदान गर्छ । आफ्नो समर्पित टोलीसँग, यसले आफ्नो तीन सय ६५ दिन सेवामार्फत १२ हजारभन्दा बढी आदरणीय ग्राहकहरूलाई सेवा प्रदान गरिसकेको छ । यसले आफ्नो अत्याधुनिक विधि र पद्धति प्रयोग गरी यात्राका लागि विशेषज्ञ सल्लाह प्रदान गर्दै आएको छ । कार्यक्रममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक रामजी ढकालले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै यस व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया