सिटिजन्स बैंंकका अध्यक्ष पाण्डेको शपथ
काठमाडौं । सिटिजन्स बैंंकका अध्यक्ष प्रबलजङ्ग पाण्डेले शपथग्रहण गरेका छन् । बुधवार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अध्यक्ष पाण्डेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, कम्पनी सचिव राजेन्द्रलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । शपथग्रहणपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले गर्भनरलगायत उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको वर्तमान स्थिति र आगामी कार्यदिशाको बारेमा प्रकाश पारे । अन्त्यमा गभर्नर अधिकारीले समसामयिक एवं समग्र बैकिङ्ग क्षेत्रको विषयमा धारणा व्यक्त गरे । अध्यक्ष पाण्डे बैंकको १७ औं साधारण सभापश्चात् बसेको सञ्चालक समितिको बैठकद्वारा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । यस अघि पाण्डेले बैंकको सञ्चालकको हैसियतमा चार वर्ष कार्य गरिसकेका छन् ।
इन्जिनियरिङ्ग संकायमा स्नातक गरेका पाण्डे विगत दुई दशकभन्दा बढी सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा सक्रिय रूपमा संलग्न रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघलगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा आबद्ध भई नेतृत्वदायी भूमिका निभाएका पाण्डेको अनुभवी नेतृत्वमा बैंकले अझ बढी सफलता प्राप्त गर्ने विश्वास लिइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया