महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले नेपाल प्रहरीलाई सहयोग गरेको छ । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरी अन्तर्गतको प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामूलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर प्रदान गरिएको हो ।
बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गले प्रहरी वृत्त मालीगाँउलाई चाडपर्वको समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न, सार्वजनिक सुरक्षा तथा अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पु¥याउने उद्देश्यले जनचेतनामूलक पुस्तिका र आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर हस्तान्तरण गरेको हो । यसबाट मालीगाँउ वडा क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास बैैंकले लिएको छ । प्रहरी वृत्त मालीगाँउका प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्रप्रसाद सुवेदी र सामुदायिक प्रहरी सेवा केन्द्र, कालोपुलका वरिष्ठ प्रहरी नायव निरीक्षक वसन्त थापालाई बैैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले उक्त सामग्री हस्तान्तरण गरेका थिए ।
आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने बैंकले जनाएको छ । विगतदेखि नै ग्राहकहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहिआएको बैंकले आम ग्राहकहरूको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया