Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसामुुदायिक लघुुवित्तको नाफा दुुई करोड छ लाख

सामुुदायिक लघुुवित्तको नाफा दुुई करोड छ लाख


काठमाडौं, वैशाख २९
सामुुदायिक लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई करोड छ लाख ५९ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत अवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ७९ लाख ५१ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी १० करोड रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४० करोेड ९६ लाख ११ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब आठ करोड ७५ लाख १८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा छ करोड ३३ लाख २८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संंस्थाको प्रोभिजन रकम ७० लाख ८० हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात दुई दशमलव पाँच प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संंस्थाले ३३ करोड आठ लाख २५ हजार रूपैैयाँ निक्षेप संकलन गरी ८९ करोड ७५ लाख १० हजार रूपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिमा पाँच करोड ३६ लाख ६७ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ४२ लाख ८५ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ४० प्रतिशत रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया