काठमाडौं, वैशाख २९
महिला लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन करोड दुुई लाख २५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुुई करोड सात लाख ८८ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी छ करोड रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ६५ करोड १२ लाख ४९ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७२ करोड ९१ लाख ९२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा नौ करोड ९२ लाख ८९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोेभिजन रकम चार करोड १२ लाख २१ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात दुई दशमलव ५३ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा संस्थाले ४१ करोड ८६ लाख ६७ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब १७ करोड ८४ लाख १६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड एक लाख ७४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ४८ लाख छ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव चार प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र
- कांग्रेस पुन: सरकारमा जान्छ : महामन्त्री थापा
- मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
- पेस्तोलसहित कपनबाट एकजना पक्राउ
- सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग
- बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
- निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा योजनाका काम समयमै सम्पन्न भएन : प्रधानमन्त्री
- जलस्रोतमा सबैभन्दा बढी जलवायु परिवर्तनको असर परेको छ : मन्त्री बस्नेत
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- चिया पसल पनि कम्पनी ?
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
- नेपाली अमेरिका कलाकार सङ्घमा बसन्ती राई
तपाईको प्रतिक्रिया