कामना सेवा बिकास बैंकको पहिलो त्रैमासिक नाफा ११ करोड ९५ लाख
काठमाडौं । कामना सेवा बिकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ११ करोड ९५ लाख २१ हजार आठ सय ८० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा चार करोड १५ लाख ६१ हजार तीन सय १० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब २८ करोड ११ लाख चार हजार चार सय ६९ रुपैयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासिक अवधिमा ५४ अर्ब ८३ करोड ५६ लाख ८५ हजार सात सय ५३ रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ५१ करोड २२ लाख ९१ हजार एक सय ९० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४९ करोड नौं लाख १० हजार सात सय २१ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ४८ प्रतिशत रहेको छ । स्प्रेड दर भने चार दशमलव ५८ प्रतिशत रहेको बैंकको वितरणयोग्य नाफा भने दुई करोड ५६ लाख ३० हजार तीन सय ९० रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ५३ अर्ब ४७ करोड २४ लाख १० हजार पाँच सय ५७ रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ८५ करोड १३ लाख ३७ हजार तीन सय ४५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५२ करोड २२ लाख ९२ हजार पाँच सय ९२ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ६७ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया