एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधनप्रति परिसंघद्वारा दुःख व्यक्त
काठमाडौं । नेपालको बैंकिङ क्षेत्रका अग्रज व्यक्तित्व एवं प्रतिष्ठित एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको निधनप्रति बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफिन)ले दुःख व्यक्त गरेको छ । श्रेष्ठको ९४ वर्षको उमेरमा यही कात्तिक ६ गते, मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । श्रेष्ठको अकल्पनीय एवं दुःखद निधनले परिसंघ परिवार स्तब्ध एवं मर्माहत भएको परिसंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनको अवसानले नेपालको बैंकिङ क्षेत्रमा अपुरणीय क्षति पुगेको महसुस गरेको परिसंघको भनाइ छ ।
कुशल नेतृत्व क्षमता, नवीन एवं दूरदर्शी सोचहरूलाई नेपालको बैंकिङ क्षेत्रमा लागू गर्दै आएका श्रेष्ठको निरन्तरको योगदानबाट एभरेष्ट बैंक दिगो, अब्बल र विश्वासिलो बैंकको रुपमा स्थापित हुन सफल भएका परिसंघको भनाइ छ । भारतीय पञ्जाव नेसनल बैंकलाई ज्वाइन भेञ्चरकोरुपमा नेपालमा प्रथम पटक सफलपूर्वक भित्र्याएका श्रेष्ठको उक्त पहलले बैंकलाई थप उचाइ समेत प्रदान गरेको हो ।
‘नेपालको बैंकिङ क्षेत्रमा श्रेष्ठको पु-याएका अमूल्य योगदानप्रति हामी खुला हृदयले उच्च सम्मान व्यक्त गर्दछौँ । उहाँका युगान्तकारी कर्म र पहलहरू नेपालको बैंकिङ इतिहासमा स्वर्णिम अक्षरमा दर्ज हुनेमा हामी पूर्ण विश्वस्त छौँ । जीवनको अन्तिम समयसम्म पनि गुणस्तरीय, विश्वासिलो र सर्वसुलभ बैंकिङ सेवाको विकास एवं विस्तारमा क्रियाशील रहनुभएका श्रेष्ठका उदाहरणीय कार्यहरू हामी सबैका लागि उत्प्रेरणा र ऊर्जाको स्रोत बनिरहनेछन्’, विज्ञप्तिमा भनिएको छ
श्रेष्ठ नेपालमा एभरेष्ट बैंकको स्थापना गरेका श्रेष्ठ २६ वर्षदेखि बैंकका अध्यक्ष भएका थिए । उनको पहलमा भारतको पंजाब नेसनल बैंकले नेपालको एभरेष्ट बैंकसँग सहकार्य गरेको थियो । पंजाब नेसनल बैंकको एभरेष्ट बैंकमा २० प्रतिशत सेयर होल्डिङ छ । एभरेष्टमा श्रेष्ठसहित उनको परिवारको बैंकमा सबैभन्दा बढी सेयर छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया