गैरआवासीय नेपाली संघको बैंक खाता रोक्का गर्न निवेदन
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नाममा रहेका विभिन्न बैंकको खाता रोक्का गर्न असन्तुष्ट पक्षले निवेदन दिएका छन् । संघको निर्वाचनमा पराजय व्योहोरेपछि आफूले आफैँलाई अध्यक्ष घोषणा गरेका आरके शर्माले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएका हुन् ।
शर्माले ११औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोक दाहाल र सुनिल साहमार्फत संघको नाममा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएका छन् । संघको खाता भएका बैंकहरूमा पत्राचार भएको र यसबारे परराष्ट्र र संघका प्रमुख कार्यकारी अधिकारी अधिकृत (सीईओ) राजेन्द्रकुमार राउतलाई पनि जानकारी गराइएको संघका शर्मा पक्षीय महासचिव बुद्धि सुवेदीले जानकारी दिए । ‘बैंकहरूलाई पत्राचारका साथै आइतबार सीईओलाई पनि तत्काल खाता सञ्चालन नगर्न भनेर हामीले मौखिकरूपमा समेत भनेका छौँ’, उनले भने ।
आइतबार शर्मा आफूपक्षीय पदाधिकारीहरूसहित नियमित कार्यसञ्चालनका लागि भन्दै बालुवाटारस्थित संघको कार्यालयमा पुगेका थिए । तर, अध्यक्षको कोठा बन्द गरिएका कारण शर्माले प्रवेश पाएनन् । त्यसपछि उनले सीईओसहितका कर्मचारीहरूसँग छलफल गरेका थिए । सो क्रममा शर्माले संघको नाममा रहेका कुनै पनि बैंक खाताबाट तत्काल आर्थिक कारोबार नगर्न र कार्यालयको साँचो जिम्मा लगाउन आग्रका सीईओलाई आग्रह गरेका थिए । तर, सो क्रममा राउतले संघको सम्पूर्ण तालाचाबी संघका अध्यक्ष डा. बद्री केसीसँग रहेको जानकारी गराएका थिए ।
यस्तै शर्माले नेतृत्व गरेको एनआरएनए आईसीसीले आधिकारिकताको दाबी गर्दै शुक्रबार परराष्ट्र मन्त्रालयमा निवेदन दिएको थियो । आइतबार शर्मासहितका पदाधिकारीले परराष्ट्रमा पुगेर आधिकारिकताका लागि आवश्यक कागजपत्रहरू समेत पेस गरेका छन् । आफूहरूले सहसचिव अमृत राईलाई आधिकारिकताको निवेदनअनुसार आवश्यक प्रमाणहरू हस्तान्तरण गरेको भन्दै महासचिव सुवेदीले छिटै फाइल अध्ययन गरेर प्रक्रिया अघि बढाउने आश्वासन दिएको बताए । राईले धाँधली भएको कुरा विभिन्न माध्यमबाट आएको भन्दै मन्त्री एनपी साउदसँग परामर्श गरेर नियमसंगत ढंगले अघि बढ्ने कुरा बताएका थिए ।
अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो । सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेस गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरू आधिकारिक रहेको दाबी गरेको बताइएको छ । उक्त निवेदन परराष्ट्रमा ११२३ नम्बरमा दर्ता गरिएको छ । परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदीसहित पदाधिकारीहरूको नामावली पेस गरिएको छ । अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा भने संघको अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 8
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया