सरकारका लागि खर्चको जोहो गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ। चालु आर्थिक वर्षमा सरकारका लागि कूल दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने दायित्व बोकेको राष्ट्र बैंकले आज ट्रेजरी बिलको बिक्रीमार्फत् उक्त परिमाणमा आन्तरिक ऋण उठाउन लागेको हो ।
राष्ट्र बैंकका अनुसार आज अपरान्ह तीन बजेसम्म बोलकबोलको माध्यमद्वारा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । कूल २७ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिलमध्ये २८ दिन अवधिको पाँच अर्ब, ९१ दिन अवधिको आठ अर्ब १० करोड, एक सय ८२ दिन अवधिको १३ अर्ब र र तीन सय ६४ दिन अवधिको एक अर्ब ५६ करोड रुपैयाँ बराबरको रहेको राष्ट्र बैंकको भनाइ छ । यी ट्रेजरी बिलहरूको परिपक्व हुने अवधि क्रमशः २०८० मंसिर १२ गते, २०८० माघ १६ गते, २०८१ वैशाख १८ गते र २०८१ कात्र्तिक १३ गते तोकिएका छन् । जारी मिति कात्र्तिक १४ गते मंगलबार तोकिएको ट्रेजरी बिल खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले बोलकबोल पेस गर्न सक्नेछन् । बिक्री गरिने सबै ट्रेजरी बिलहरू पुरानो नवीकरणअन्र्तगत रहेको राष्ट्र बैंकको भनाइ छ ।
यसअघि कात्र्तिक तीन गते पनि राष्ट्र बैंकले कूल १६ अर्ब ४० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरी सरकारका लागि आन्तरिक ऋणको जोहो गरिदिएको थियो । यसका लागि राष्ट्र बैंकले २८ दिन अवधिको आठ अर्ब, ९१ दिन अवधिको ४९ करोड, एक सय ८२ दिन अवधिको छ अर्ब र तीन सय ६४ दिन अवधिको दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया