Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसञ्चालनमा रहेका ८९ वटा लघुुवित्तमध्ये ३४ वटाको अपरिष्कृत विवरण सार्वजनिक

सञ्चालनमा रहेका ८९ वटा लघुुवित्तमध्ये ३४ वटाको अपरिष्कृत विवरण सार्वजनिक


काठमाडौं, वैशाख ३०
सञ्चालनमा रहेका ८९ वटा लघुुवित्त वित्तीय संस्थाहरूमध्येमा हालसम्म ३४ वटा लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार लघुुवित्त वित्तीय संस्थाहरूले त्रैमासिक सकिएपछिको पहिलो महिनाको दोस्रो हप्तासम्ममा सकिएको त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्नु पर्छ । तर, यसपटक भने कोरोना भाइरस (कोभिड १९) को महामारीकाकारण यही चैत ११ गतेदेखि नै मुुलक लकडाउनमा गएपछि लघुवित्तहको वित्तीय विवरण प्रकाशन गर्नमा ढिलाइ भएको हो ।

हालसम्म अर्थात् यही वैशाख २९ गतेसम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने संस्थाहरूमध्ये राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ९६ लाख ५५ हजार चार सय १० रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २६ लाख १९ हजार रूपैयाँले ऋणात्मक रहेको थियो । चुक्ता पुँजी १७ करोड ५० लाख रूपैयाँ रहेको संस्थाले चालू आवको पछिल्लो अवधिमा ६१ करोड ६२ लाख ६५ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३० करोड ५३ लाख २८ हजार रूपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

स्पर्श लघुुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासमा एक करोड ७९ लाख ६७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ६० लाख ३९ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी नौ करोड ३७ लाख ४८ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको पछिल्लो अवधिमा २३ करोड तीन लाख ८३ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब दुुई करोड ३० लाख २० हजार रूपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

आरम्भ लघुुवित्त वित्तीय संस्थाले चालू आवको पछिल्लो नौ महिनामा एक करोड चार लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुुलनामा झण्डै ८५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो मुनाफा ५५ लाख ९७ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी आज छ करोड ४४ लाख २८ हजार रूपैयाँ रहेको आरम्भले चालू आवको पछिल्लो अवधिमा १९ करोड ४३ लाख २० हजार रूपैयाँ निक्षेप संकलन गरी ६५ करोड ७७ लाख ६४ हजार रूपैयाँ कर्जा प्रवाह गर्दा निष्क्रिय कर्जाको अनुपात एक दशमलव १५ प्रतिशत रहेको छ ।

आरएमडिसी लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड १४ लाख ४९ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २४ करोड ४४ लाख ४८ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुंंजी ८९ करोड ९३ लाख २३ हजार रूपैयाँ रहेको आरएमडिसीले पछिल्लो अवधिमा आठ अर्ब ३८ करोड ७७ लाख ५१ हजार रूपैयाँ कर्जा प्रवाह गर्दा शुन्य दशमलव आठ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सिभिल लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड २६ लाख ८५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा सिभिलको यस्तो नाफा एक करोड १६ लाख ३५ हजार रूपैयाँ रहेको थियो ।

आशा लघुुवित्त वित्तीय संस्थाले चालू आवको पछिल्लो अवधिमा दुुई करोड ९० लाख २६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ४५ लाख ५५ हजार रूपैयाँ रहेको थियो । सारथी लघुुवित्त वित्तीय संस्थाले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई करोड पाँच लाख ४५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ५२ लाख १३ हजार रूपैयाँ रहेको थियो । मानुषी लघुुवित्त वित्तीय संस्थाले चालू आवको पछिल्लो अवधिमा ५२ लाख ९७ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ९७ लाख १२ हजार रूपैयाँ रहेको थियो । जीवन विकास लघुुवित्त वित्तीय संस्थाले चालू आवको पछिल्लो अवधिमा २७ करोड २५ लाख ३२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ५७ लाख ५७ हजार रूपैयाँ रहेको थियो ।

चौतारी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई करोड ६८ लाख ६८ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा चौतारीको यस्तो नाफा एक करोड ८५ लाख ८८ हजार रूपैयाँ रहेको थियो । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाले चालू आवको पछिल्लो अवधिमा ६६ लाख २८ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २० लाख ७० हजार रूपैयाँ रहेको थियो । स्वदेशी लघुुवित्त वित्तीय संस्थाले चालू आवको पछिल्लो अवधिमा पाँच करोड ३९ लाख ६८ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा स्वदेशीको यस्तो नाफा चार करोड ८१ लाख ७१ हजार रूपैयाँ रहेको थियो । लक्ष्मी लघुुवित्त वित्तीय संस्थाले पनि चालू आवको पछिल्लो अवधिमा नौ करोड ८९ लाख १० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा सात करोड ७९ लाख ६० हजार रूपैयाँ रहेको थियो ।

यसैगरी महिला लघुुवित्त वित्तीय संस्थाले चालू आवको पछिल्लो अवधिमा तीन करोड दुुई लाख २५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुुई करोड सात लाख ८८ हजार रूपैयाँ रहेको थियो । सामुुदायिक लघुुवित्त वित्तीय संस्थाले चालू आवको पछिल्लो अवधिमा दुई करोड छ लाख ५९ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत अवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ७९ लाख ५१ हजार रूपैयाँ रहेको थियो ।

आरएसडिसी लघुवित्त वित्तीय संंस्थाले चालू आवको पछिल्लो अवधिमा पाँच करोड ४३ लाख ८६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा चार करोड २८ लाख २६ हजार रूपैयाँ रहेको थियो । महिला सहयात्रा लघुुवित्त वित्तीय संस्थाले चालू आवको पछिल्लो अवधिमा ४६ लाख दुुई हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ८९ लाख ४८ हजार रूपैयाँ रहेको थियो ।

स्वालम्वन लघुुवित्त वित्तीय संस्थाले चालू आवको पछिल्लो अवधिमा ३० करोड २७ लाख ७२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २८ करोड ५५ लाख १० हजार रूपैयाँ रहेको थियो । यीबाहेक मिर्मिरे लघुुवित्त वित्तीय संस्था, नागवेली लघुुवित्त वित्तीय संस्था, विजय लघुुवित्त वित्तीय संस्था आदिले पनि चालू आवको पछिल्लो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने संस्थाहरूमा एकाधबाहेक सबैजसोको खुद मुनाफा बढेको छ भने निष्क्रिय कर्जाको अनुपात न्यून रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया