विकास बैंकहरुको नाफा घट्यो
काठमाडौं । विकास बैंकहरुको खुद मुनाफा घटेको छ । १७ वटा विकास बैंकहरुमध्ये १५ वटाले वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये सातवटाको मुनाफा घटेको छ भने पाँचवटाको बढेको छ । तीनवटा घाटामा गएका छन् । कर्णाली डेभलपमेन्ट बैंक र सहारा विकास बैंकले आइतबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।
मुक्तिनाथ विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, सांग्रिला डेमलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको खुद मुनाफा घट्दा गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक र ग्रीन डेभलपमेन्ट बैंकको खुद मुनाफा बढेको छ । नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र एक्सल डेभलपमेन्ट बैंक घटामा गएका छन् ।
विकास बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार १५ बैंकले कुल ८७ करोड १४ लाख रुपैयाँ नाफा कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकले भने एक करोड २१ लाख ५९ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नारायणीको नोक्सानी एक करोड ६७ लाख एक हजार रुपैयाँ थियो । सप्तकोशी डेभलपमेन्ट बैंकको नोक्सानी ११ करोड ९२ लाख १९ हजार रुपैयाँ छ । गतवर्ष सप्तकोशीको घाटा १३ करोड सात लाख ९७ हजार रुपैयाँ थियो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड १८ लाख ९० हजार रुपैयाँ नाफामा रहेको एक्सल डेभलपमेन्ट बैंक अहिले पहिलो त्रैमासमा १३ करोड ९० लाख २६ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ।
आर्थिक मन्दी, लगानीयोग्य रकमको अभाव हुनु, बैंकहरुको नियमित ब्याज आम्दानी घट्नु, नयाँ निक्षेप र कर्जा प्रवाहमा संकुचन आउनु, निष्क्रिय कर्जा बढ्नुलगायत कारण विकास बैंकहरुको नाफा खुम्चिन पुगेको हो ।
विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंकको नाफा सबैभन्दा बढी छ । मुक्तिनाथको खुद मुनाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा घटे पनि अन्य विकास बैंकको तुलनामा बढी छ । मुक्तिनाथले गत असोज मसान्तसम्म २२ करोड ८८ लाख छ हजार नौ सय ३० रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ३० करोड ७४ लाख १५ हजार तीन सय ८० रुपैयाँ थियो ।
गरिमा विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड १५ लाख ५४ हजार सात सय ९० रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा गरिमाको यस्तो नाफा १९ करोड ३३ लाख २८ हजार रुपैयाँ थियो । शाइन रेसुङ्गा, लुम्बिनी र ज्योति विकास बैंकले क्रमशः १९ करोड १६ लाख ५४ हजार, १७ करोड ३२ लाख ८० हजार र पाँच करोड आठ लाख दुई हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरुको यस्तो नाफा क्रमशः २० करोड ९१ लाख ३६ हजार, सात करोड १० लाख २९ हजार र १० करोड ९८ हजार रुपैयाँ थियो ।
महालक्ष्मी विकास बैंकले नौ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा कामना सेवा विकास बैंकले ११ करोड ९५ लाख २१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरुको यस्तो नाफा क्रमशः एक करोड १९ लाख ३३ हजार र चार करोड १५ लाख ६१ हजार रुपैयाँ थियो । सांग्रिला र मितेरीले क्रमशः चार करोड ६५ लाख ९१ हजार र एक करोड ७५ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरुको यस्तो नाफा क्रमशः पाँच करोड ५३ लाख ४५ हजार र दुई करोड ५६ लाख ३५ हजार रुपैयाँ थियो । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ग्रीनले ७६ लाख १९ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा सिन्धुले १९ लाख २९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा भने ग्रीनले एक करोड ७८ लाख ३६ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो भने सिन्धुले २१ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
अधिकांश विकास बैंकको वितिरणयोग्य मुनाफा नकारात्मक देखिएको छ । सात बैंकको वितरणयोग्य मुनाफा नकारात्मक छ । मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र कर्पोरेट डेभलपमेन्ट बैंकको वितरणयोग्य मुनाफा सकारात्मक छ । बाँकी बैंकहरु नाफा वितरण गर्ने क्षमतामा छैनन् ।
बैंकहरूको नाफा घटेपछि सेयरबजारमा गिरावट
बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कमजोर वित्तीय विवरण सार्वजनिक गरेपछि सेयरबजार प्रभावित भएको छ । बैैंक तथा वित्तीय संस्थाको नाफामा करिब १९ प्रतिशतले घटेको र निष्क्रिय कर्जा दोब्बरले बढेको देखिएपछि आइतबारको सेयर बजारमा गिरावट आएको हो ।
आइतबार नेप्से परिसूचक २१ दशमलव ४६ विन्दुले घटेर एक हजार आठ सय २६ दशमलव २३ अंकमा झरेको छ । होटेल तथा पर्यटनबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । कारोबारमा आएका दुई सय ३६ कम्पनीमध्ये एक सय ९७ वटाले बजार घटाएका हुन् । ३५ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने चारवटाको स्थिर रहेको छ ।
यस दिन ९७ करोड २३ लाख रुपैयाँबराबरको ३५ लाख ५८ हजार पाँच सय ५४ कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति ३३ अर्ब रुपैयाँले घटेको छ । बजार पुँजीकरण २८ खर्ब १३ अर्बमा झरेको छ ।
अधिकांश बैंकको खराब कर्जा बढ्दा नाफा प्रभावित भएको र कर्जा नोक्सानी प्रोभिजन गर्नुपरेपछि लगानीकर्ता सशंकित बनेका छन् । त्यसैले आइतबार बजार खुल्नेबित्तिकै लगानीकर्ताले सेयर बेच्न हतारिएको देखिन्छ । बजारमा बैंक तथा वित्तीय क्षेत्रको पुँजीकरण उच्च रहेकाले पनि यस क्षेत्रको नाफा खुम्चिनासाथ सूचक प्रभावित हुनेगरेको छ ।
चर्को ब्याजदर र सेयर कर्जामा उच्च जोखिमभारले लगानीकर्ताको मनोविज्ञान सकारात्मक नभइरहेका बेला बैंकहरूको रिपोर्ट सुखद नआएपछि बजार झन् प्रभावित भएको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया