Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएफवान सफ्ट इन्टरनेसनलको फाइनान्स अफिसरमा आचार्य

एफवान सफ्ट इन्टरनेसनलको फाइनान्स अफिसरमा आचार्य


काठमाडौं । फिनटेक कम्पनी एफवान सफ्ट ग्रुपको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त भएका छन् । उनलाई एफवान् सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले स्वागत गरेको कम्पनीले जानकारी दिएको छ ।

काठमाडांैको सिनामंगलमा जन्मिएका आचार्य यसअघि लक्ष्मी सनराइज बैंकमा करिब १० वर्ष वित्त प्रमुखको रूपमा कार्यरत थिए । उनीसँग लक्ष्मी सनराइजमा वित्तीय कोष र लगानीको क्षेत्रमा काम गरेको अनुभव रहेको छ । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका उनले लक्ष्मी सनराइजमा आउनुभन्दा पहिले विभिन्न अडिट फर्महरूमा काम गरेका थिए । एफवान् सफ्टमा नियुक्त भएसँगै आचार्यले भने ‘वित्तीय टेक्नोलोजीलाई तीव्र गतिमा अगाडि बढाइरहेको एफवान् सफ्ट ग्रुप दिनानुदिन ठूलो संस्था बनिरहेको छ, यस संस्थालाई वित्तीय क्षेत्रबाट आफूले सहयोग पु¥याउने छु, यसका लागि म खुशी छु ।’

एफवान् सफ्ट नेपालको सबैभन्दा ठूलो फिनटेक कम्पनी हो । जुन १९ वर्षभन्दा बढी समयदेखि डिजिटल फाइनान्समा केन्द्रित कम्पनीले हाल एक हजारभन्दा धेरै दक्ष जनशक्तिलाई रोजगारी दिँदै आएको छ । एफवान् सफ्ट कम्पनीअन्तर्गत् हाल इ–सेवा, फोनपे, इ–सेवा मनि ट्रान्सफर, दियालो टेक्नोलोजिज, बस सेवाजस्ता अग्रणी कम्पनीहरू रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया