Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन लाइफको जीवन बीमा कोष दुई सय १२ प्रतिशतले बढ्यो

सिटिजन लाइफको जीवन बीमा कोष दुई सय १२ प्रतिशतले बढ्यो


काठमाडौं, वैशाख ३१
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै सो मा दुई सय १२ प्रतिशतले वृद्धि गरेको जानकारी दिएको छ ।

गत चैत्र मसान्तमा कम्पनीको जीवन बीमा कोष ४० करोड ४७ लाख रूपैयाँ रहेकोमा यस चैत्र मसान्तमा सो रकम एक अर्ब २६ करोड ४५ लाख पुगेको छ । यसका साथै सोही अवधिमा कम्पनीको खुद बीमा शुल्कमा पनि ७९ प्रतिशतको वृद्धि भएको छ । कम्पनीले गत आवको चैत्र मसान्तसम्ममा खुद बीमा शुल्क ६५ करोड पाँच लाख संकलन गरेकोमा यस आवको सोही अवधिमा एक अर्ब १६ करोड ३५ लाख रूपैयाँ खुद बीमा शुल्क संकलन गर्न जानकारी दिएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानीलाई प्राथमिकता दिई कुल लगानी रकम करिब तीन अर्ब ६० करोड मध्ये ९६ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको लामो अवधिको ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गर्न सफल भएको छ । यसअघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्चदरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भनिर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।

साथै कम्पनीले अहिलेको विषम परिस्थितिमा आफ्ना लिडरहरूको व्यावसायिक मनोबल उच्च गराउन सम्पूर्ण कर्मचारी तथा कम्पनीले निर्धारण गरेको व्यावसायिक लक्ष्य हासिल गरेका सम्पूर्ण एजेन्सी म्यानेजरहरूलाई एक लाखको कोरोना भाइरस, कोभिड–१९ बीमा सुविधा उपलब्ध गराउनुका साथै बीमितहरूको सुविधालाई मध्यनजर गरी ई–सेवा, फोन–पे, कनेक्ट आईपीएसलगायतका डिजिटल माध्यमबाट बीमा शुल्क भुक्तानी गर्न सकिने व्यवस्था समेत गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया