Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकमा भाइबरबाट नै खाता खोल्न सकिने

एनएमबी बैंकमा भाइबरबाट नै खाता खोल्न सकिने


काठमाडौं, वैशाख ३१
एनएमबी बैंकमा नेपाली वित्तीय क्षेत्रमै पहिलो पटक भाइबरबाटै खाता खोल्न सकिने भएको छ । फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भएसँगै एनएमबी बैंकले अब घरमै बसी भाइबरमा च्याट गरेर पनि खाता÷मुद्दती निक्षेप खोल्न सकिने सेवा प्रस्तुत गरेको जानकारी दिएको छ । वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असिमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकवर्गको लागि अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरू बैंकले पस्किएको हो ।

डिजिटल बैंकिङ सेवाको क्षितिज अभिवृद्धि गर्दे ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरबाटै आरामपूर्वक बैंकिङ गतिविधिहरू रोज्न सक्ने उपयुक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौँ । आफ्ना मूल्यवान ग्राहकवर्गलाई बैंकिङ अनुभवहरू प्रिष्कृत भएको महसुस गर्न भाइबरकै प्रयोगले खाता÷मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरू ल्याइएको हो । ‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौताविना ग्राहकवर्गलाई वित्तीय कारोबारहरू सम्पादन गर्न सहयोग पु-याउने एक महत्वपूर्ण योजनाहो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया