नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले आइतबारदेखि बारा जिल्ला कलैया उपमहानगर पालिका वडा नम्बर ४, बरियारपुर रोडस्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरू भएका छन् । कलैया उपमहानगरपालिकाका मेयर विनोद साह र बैंकका कार्यकारी प्रमुख ज्योति प्रकाश पाण्डेले संयुक्तरूपमा नयाँ शाखाकोे उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै मेयर साहले आर्थिक कारोबार अब बैंकमार्फत् नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दालाई सहज हुने बताए ।
कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादव, उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह तेलीलगायत स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि, विशेष अतिथिहरूले बैंकिङ सेवाको पहुँच बाहिर रहेको कलैया तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीलाई बैंकिङ सुविधा सहजरूपमा उपलब्ध हुने बताए ।
बैंकका कलैया शाखा प्रमुखले सेवाग्राहीलाई यस शाखामार्फत बैंकले प्रभावकारी सेवा दिइने बताए । हाल बैंकले दुई सय ६१ वटा शाखा कार्यालय र ६२ वटा एक्सटेन्सन काउन्टरमार्फत सुविधा दिँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया