Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारवोमी लघुुवित्तको तेस्रो त्रैमासिक नाफा चार करोड ७७ लाख

वोमी लघुुवित्तको तेस्रो त्रैमासिक नाफा चार करोड ७७ लाख


काठमाडौं, जेठ १
वोमी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा चार करोड ७७ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा चार करोड ४८ लाख रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २७ करोड ७८ लाख ४८ हजार रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८२ करोड ४५ लाख ९५ हजार रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ३४ करोड ७९ लाख ८० हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा १३ करोड ३६ लाख ६० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड दुुई लाख ६० हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा संस्थाले ५६ करोड २३ लाख ९४ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ६७ करोड २६ लाख ८३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो  । उक्त अवधिमा नौ करोड दुुई लाख ७९ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ७० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया