कामना सेवाद्वारा कर्मचारीहरूको कोरोना बीमा
काठमाडौं, जेठ १
कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीहरूको स्वास्थ्य र आर्थिक सुरक्षालाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीहरूको नेको इन्स्योरेन्स कम्पनी मार्फत कोरोना बीमा गराएको छ । विश्वभर फैलिएको महामारी र यसको विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरूको उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साहित र उच्च मनोबलका साथ काम गर्ने हौसला प्रदान गर्नको लागि बीमा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।
यसअघि बैंकले आम नागरिकहरूको लागि कोरोना सुरक्षा बचत खाता समेत सञ्चालनमा ल्याइसकेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २१ करोड ५४ लाख ९० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा २१ करोड २० लाख ४६ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी दुुई अर्ब ५४ करोड एक लाख ९५ हजार रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २८ अर्ब ६० करोड ४७ हजार रूपैयाँ निक्षेप संकलन गरी २५ अर्ब नौ करोड ९२ लाख १८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८५ करोड ७१ लाख २७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले २१ अर्ब ३७ करोड ६१ लाख ३२ हजार रूपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ९० करोड ६६ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६० करोड २१ लाख ४४ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव शून्य सात प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
- विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान
- नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
- दुर्घटना अपडेटः गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो
- एन्फाका उपाध्यक्ष दावा लामा लागू औषध कारोवार गरेको आरोपमा पक्राउ
- आठ ओभरमा सीमित खेलमा नेपालविरुद्ध ब्याटिङ गर्दै साउदी अरेबिया
- गाजाको शरणार्थी शिविरमा आक्रमण : सात बालबालिकासहित १३ को मृत्यु
- अर्थमन्त्री पुन र विश्व बैंकका दुई उपाध्यक्षबीच भेटवार्ता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया