आरम्भ चौतारीको खुद नाफा २५ लाख
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २५ लाख ४४ हजार चार सय ६३ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा २८ लाख ६८ हजार सात सय ४४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३६ करोड ७१ लाख ४३ हजार चार सय नौ रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा एक अर्ब ४२ करोड ८५ लाख ७३ हजार आठ सय ८२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५७ करोड ७३ लाख ६० हजार छ सय ९१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड ५९ लाख नौ हजार ७९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने १० लाख ५८ हजार छ सय ९१ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने तीन दशमलव ४६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ६४ करोड ९३ लाख ९२ हजार दुई सय ३३ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १९ करोड ६५ लाख २६ हजार दुई रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया