नेपाल वेयर हाउजिङको साधारण सेयरको बिक्री आहृवान
काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार दुई सय ५० कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
कम्पनीले जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुने १३ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणको लागि छुट्याएको थियो । उक्त सेयरमध्येमा वैदेशिक रोजगारका रहेका, कम्पनीमा कार्यरत कर्मचारी र सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । बिक्री प्रबन्धक हिमालयन क्यापिटलमार्फत यही मंसिर १० गतेबाट खुला हुने साधारण सेयरको बिक्री कार्य छिटोमा यही मंसिर १३ गते र ढिलोमा मंसिर २४ गते बन्द हुने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया