महिला लघुवित्तको पहिलो त्रैमासिक नाफा एक करोड आठ लाख
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड आठ लाख ८१ हजार नौ सय ३६ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ५९ लाख ९९ हजार सात सय ५८ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २१ करोड ७५ लाख ६२ हजार पाँच सय रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक अर्ब ४६ करोड ४३ लाख ६५ हजार ८४ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ६० करोड ९१ लाख ७३ हजार आठ सय ५६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड २० लाख ३६ हजार एक सय ३२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने वितरणयोग्य नाफा ७१ लाख ५३ हजार ८३ रुपैयाँले ऋणात्मक रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ४२ करोड ९३ लाख ९४ हजार नौ सय ४२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३० करोड २१ लाख ९६ हजार पाँच सय १८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड २३ लाख ३२ हजार आठ सय ६४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया