वाणिज्य बैंकहरुको चुक्ता पुँजी बढ्यो
काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुको चुक्ता पुँजी अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो त्रैमासिक अवधिसम्ममा तीन खर्ब ६९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुको चुक्ता पुँजी तीन खर्ब ५६ अर्ब नौ करोड ५० लाख रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी सबैभन्दा धेरै छ । उक्त बैंकले ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी धेरै छ । यो बैंकको ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी छ ।
नबिल, कुमारी र प्रभु बैंक बढी चुक्ता पुँजी हुने वाणिज्य बैंकहरुको सूचीमा क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । यी बैंकहरुको चुक्ता पुँजी क्रमशः २७ अर्ब पाँच करोड ६९ लाख ९७ हजार रुपैयाँ, २५ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँ र २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ । हिमालयन, लक्ष्मी सनराइज र प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म क्रमशः २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ, २१ अर्ब ५० करोड ७२ लाख ३८ हजार रुपैयाँ र १९ अर्ब ४० करोड २५ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । यसैगरी कृषि विकास, एनएमबी र राष्ट्रिय वाणिज्य बैंकले पनि चालू आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमशः १८ अर्ब ८८ करोड ४३ लाख ४६ हजार रुपैयाँ, १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ र १५ अर्ब ५३ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एनआईसी एसिया, नेपाल बैंक र सानिमा बैंकले क्रमशः १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ, १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ र १४ अर्ब ४६ करोड एक लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । यस अवधिमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १४ अर्ब २० करोड नौ लाख ७४ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । सिद्धार्थ बैंकले १४ अर्ब आठ करोड ९९ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ ।
माछापुच्छ्रे र एभरेष्ट बैंकले पछिल्लो अवधिमा क्रमशः ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार र १० अर्ब ६९ करोड नौ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । नेपाल एसबीआई र स्टान्डर्ड चार्टर्ड बैंकको चुक्ता पुँजी सबैभन्दा कम छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्ममा यी बैंकहरुले क्रमशः १० अर्ब १२ करोड पाँच लाख २८ हजार रुपैयाँ र नौ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ पुँजी कायम गरेका छन् ।
मोबाइल बैंकिङको रकम एक दिनभित्रै फिर्ता
मोबाइल बैंकिङ कारोबार असफल भएर खाताबाट पैसा काटेमा बैंकहरूले एक दिनभित्रै पैसा फिर्ता दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
दूरसञ्चार सञ्जालमार्फत मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ, इ–मनी (विद्युतीय) वालेटलगायतबाट कारोबार गर्दा कहिलेकाहीँ कारोबार असफल भए पनि खाताबाट पैसा काट्ने र त्यो पैसा फिर्ता लिन धेरै दिन लाग्ने गरेको थियो ।
अब यसरी काटिएको पैसा एउटै बैंक भएमा कारोबार भएको अर्को दिन नै बैंकले फिर्ता दिनुपर्नेछ । तर, फरक बैंक तथा वित्तीय संस्था भई दुवै नेपाली संस्था भएमा बढीमा कारोबार भएको दिनपछि तीन दिनभित्र फिर्ता दिनुपर्छ । पैसा भुक्तानी गर्ने र प्राप्त हुने संस्थामध्ये कुनै एक विदेशी संस्था भएमा बढीमा करोबार भएको दिनपछि ३० दिनभित्र पैसा फिर्ता दिनुपर्ने व्यवस्था गरेको छ ।
यस्तै इ–मनी (वालेट) सेटलमेन्ट व्यवस्थामा सेटलमेन्ट बैंक र भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाबीचमा सेटलमेन्ट खाता सञ्चालन गर्नका लागि लिखित सम्झौता गर्दा उल्लेख हुनुपर्ने न्यूनतम विषयहरू समेत तोकेको छ । यस्तो सम्झौता गर्दा सेवासम्बन्धी विवरण, सम्झौताको अवधि, वित्तीय कारोबार तथा फछ्र्यौट, सञ्चालन विधि तथा नियमन, शुल्कसम्बन्धी व्यवस्था, बैद्धिक सम्पत्ति अधिकार, सम्झौता अन्त्यसम्बन्धी व्यवस्था, छुटसम्बन्धी व्यवस्था, काबुबाहिरको परिस्थिति, क्षतिपूर्ति÷हर्जना, विवाद समाधान, सम्झौतामा आवश्यक संशोधनलगायतका विषय उल्लेख हुनुपर्छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया