आईसीएफसी फाइनान्सको पहिलो त्रैमासिक नाफा ९४ लाख
काठमाडौं । आईसीएफसी फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ९३ लाख ७७ हजार एक सय १८ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा तीन करोड ३४ लाख ५८ हजार सात सय ६९ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब १८ करोड ३४ लाख ७० हजार नौ सय ६० रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा १४ अर्ब ९३ करोड ९८ लाख ८८ हजार छ सय नौ रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ४९ करोड २० लाख ३५ हजार तीन सय ९१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ११ करोड ६८ लाख ६६ हजार चार सय ३६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने ४९ लाख ४३ हजार एक सय २३ रुपैयाँ रहेको फाइनान्सको स्प्रेडदर भने चार दशमलव ५७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले १५ अर्ब ९८ करोड ६८ लाख १३ हजार नौ सय ७८ रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ७६ करोड ८१ लाख २३ हजार दुई सय ७२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ८८ लाख ४९ हाजार आठ सय चार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ८९ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- लाभांश घोषणामा ढिलाइ
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया