फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा ऋणात्मक
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ११ करोड नौ लाख ८५ हजार नौ सय ७६ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा छ करोड ५२ लाख १३ हजार दुई सय ८४ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब पाँच करोड ५५ लाख ६३ हजार सात सय ३४ रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा आठ अर्ब ४२ करोड १७ लाख ९१ हजार एक सय १९ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब १६ करोड १४ लाख ८० हजार तीन सय १५ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा २६ करोड ९५ लाख २३ हजार तीन सय २७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव २५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा ६० करोड ८८ लाख ६५ हजार आठ सय २३ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने चार दशमलव १९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले आठ अर्ब २१ करोड ३५ लाख ५६ हजार नौ सय ७१ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ९६ करोड ५४ लाख ७७ हजार सात सय रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २९ करोड ५५ लाख ५१ हजार चार सय १८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव ६४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया