बीपीडब्लु लघुवित्तको पहिलो त्रैमासिक नाफा ६७ लाख
काठमाडौं । बीपीडब्लु लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ६६ लाख ८८ हजार आठ सय ७० रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा २५ लाख ८५ हजार आठ सय ५० रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी तीन करोड रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड ९१ लाख ६३ हजार पाँच सय ३० रुपैयाँ निक्षेप संकलन गरी १८ करोड ९५ लाख ४२ हजार चार सय रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४९ लाख ४९ हजार तीन सय ५० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ६६ लाख ८७ हजार तीन सय ९० रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ८५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले चार करोड ७७ लाख ५४ हजार दुई सय ४० रुपैयाँ निक्षेप संकलन गरी १९ करोड ४७ लाख ९७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २० लाख आठ हजार चार सय ८० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३२ लाख ८७ हजार आठ सय ३० रुपैयाँ रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया