सूर्यज्योति लाइफको नयाँ बीमा योजना
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै ’सूर्यज्योति सही प्लान’ योजना सार्वजनिक गरेको गरेको हो ।
कम्पनीका अनुसार यो योजनामा थोरै प्रिमियममा ठूलो बीमा लिन सकिने, ७० वर्ष पुगेपछि तिरेको सम्पूर्ण प्रिमियम फिर्ता हुने, आर्थिक सुरक्षा आजीवन रहिरहने र तिरेको प्रिमियमको छ गुणासम्मको रकम फिर्ता हुनेलगायतका विशेषताहरू रहेका छन् । यसबाहेक ऐच्छिक सुविधाअन्तर्गत सर्वाधिक ३५ घातक रोगहरूविरुद्ध ५० लाखसम्मको आर्थिक रक्षावरण गर्न सकिने जानकारी पनि कम्पनीले दिने छ । नेपाली जीवनबीमा क्षेत्रमा नयाँ सोचका साथ आममानिसहरूको आवश्यकता र परिस्थितिलाई मध्यनजर गर्दै भिन्न, आकर्षक र उत्कृष्ट सुविधाहरू भएको ’सही प्लान’ पहिलोपटक सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।
नयाँ योजना सार्वजनिक कार्यक्रमको प्रमुख अतिथिमा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई थिए । उक्त कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेललगायत प्राधिकारणका उच्चपदस्थ व्यक्तित्वहरूको समेत उपस्थिति रहेको कम्पनीले जानकारी दिएको छ । त्यस्तै, कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई, निर्देशकहरू नन्दकिशोर शर्मा, हेमन्त नहाटा, आकाश गोल्छा, चुडामणि देवकोटा र प्रिया तयालको पनि उपस्थिति थियो ।
उक्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सिलवालले जनताले लिन सक्ने परम्परागत बीमालेखभन्दा भिन्न सिर्जनशील र विशेषतासहितको योजना सार्वजनिक गरेकोमा सूर्यज्योति लाइफलाई धन्यवाद दिए । उनले परम्परागत बीमालेखभन्दा सूर्यज्योतिले ल्याएको भिन्न बीमालेखबाट आमजनता लाभान्वित हुनेमा आफू विश्वस्त रहेको जानकारी दिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- लालुपाते सहकारीको रकम ठगी अभियोगमा सौर्य एयरलायन्सका क्याप्टेनसहित चारजना जेल चलान
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया