Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘लकडाउन’को बीचमा दुई दिन खुल्यो नेप्से

‘लकडाउन’को बीचमा दुई दिन खुल्यो नेप्से


काठमाडौं, जेठ ४
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को महामारीको बीचमा यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)को नियमित कारोबार कक्ष दुुई दिन खुलेको छ । सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि गत चैत्र ११ गतेदेखि नै लकडाउनको घोषणा गरेको थियो । विभिन्न चरणमा गरिएको घोषित लकडाउनको अवधि यही जेठ पाँच गतेसम्म रहेको छ ।

कोभिड १९ कै बीचमा विश्वका अरु राष्ट्र सेयर बजार खुल्ला रहेको भन्दै नेपालमा लामो समयसम्म सेयर बजार बन्द गर्न नहुुने आवाज उठ्न थालेपछि नेपाल धितोपत्र बोर्डले अन्य सरोकारवाला निकाय, लगानीकर्ताहरूको छाता संगठन आदिसँग समेत परामर्श गरी यही वैशाख ३० गते मंगलबारबाट दैनिकरूपमा दुुई घण्टा अर्थात ११ बजेदेखि एक बजेसम्म नेप्सेको दोस्रो बजार कारोबार खुल्ने निर्णय ग-यो ।

नियमनकारी निकाय धितोपत्र बोर्डको सोही दोस्रो बजार कारोबार खुल्ला गर्ने निर्णयअनुसार वैशाख ३० गते मंगलबारबाट सेयर कारोबार खुल्ला गरियो । तर कारोबार खुुलेकै दिन नेप्सेमा नेगेटिभ सर्किट ब्रेक लाग्यो । उक्त दिन दुुई प्रतिशतभन्दा बढीले सेयर बजार तल झर्यो । उक्त दिन बजार परिसूचक २५ दशमलव तीन अंकले ओरालो लागेर १२ सय २६ दशमलव १५ अंकमा झर्दा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३९ अंकले ओरालो लागेर दुुई सय ६५ दशमलव ६७ अंकमा झ¥यो । सोही आधारमा उक्त दिन एक ८७ कम्पनीहरूको दुुई सय ९१ वटा कारोबारमा १० लाख ६३ हजार १२ कित्ता सेयर खरिदबिक्री भने सेयर कारोबार रकम १० करोड ४३ लाख ७२ हजार छ सय ४६ रूपैयाँ पुुग्यो ।

सोपश्चात् कारोबार खुल्ला भएको दोस्रो दिन अर्थात् बुुधबार पनि दोस्रो बजार कारोबार ११ बजे नै खुल्ला भयो । तर, बजार खुुलेदेखि नै सेयर बजार लगातार ओरालो लाग्यो । उक्त दिन पनि नेप्सेमा नेगेटिभ सर्किट ब्रेक लाग्यो । कारोबार खुल्ला भएको पहिलो ४० मिनेट अर्थात् ११ बजेर ३९ मिनेटमा नै नेप्से दुई प्रतिशतभन्दा तल झरेपछि पूरै दिनको लागि सेयर कारोबार स्थगन गरियो । उक्त दिन बजार परिसूचक २४ दशमलव ५८ अंकले ओरालो लागेर १२ सय एक दशमलव ५७ अंकमा झरेकोमा ‘क’ वर्गका कम्पनीहरूको सेयर कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३५ अंकले ओरालो लागेर दुुई सय ६० दशमलव ३२ अंकमा झरेको थियो ।

उक्त दिन ७४ कम्पनीहरूको दुुई सय ११ वटा कारोबारमा १० हजार पाँच सय २६ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ३६ लाख १३ हजार पाँच सय २३ रूपैयाँ पुुगेको थियो । यस साता कारोबार खुुलेदेखि नै बजार घट्न थालेपनि धितोपत्र बोर्डले सेयर कारोबार खुल्ला गर्न आफनो पुरानो निर्णय फिर्ता लिँदै लकडाउको अवधिभर नै सेयर बजार बन्द गर्न निर्देशन दिएको थियो ।

सोही आधारमा यो साता नेप्सेमा कुुल ७४ वटा कम्पनीहरूको पाँच सय दुुईवटा कारोबारमा एक लाख १६ हजार आठ सय ३८ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा कारोबार रकम १० करोड ७९ लाख ८६ हजार एक सय ६९ रूपैयाँ रहेको थियो । यस साता कारोबार भएका मध्ये सबैजसो कम्पनीहरूको बजार मूल्य ओरालो लागेको थियो । जसमध्ये बढी गुमाउने कम्पनीहरूको सूचीमा तारागाउँ रेजिडेन्सी होटल लिमिटेड, लक्ष्मी बैंक, नागरिक लगानी कोष, जनउत्थान सामुुदायिक लघुुत्ति वित्तीय संस्था, नाडेप लघुवित्त वित्तीय संस्था आदि परेका छन् । रकम कारोबारका आधारमा भने यस साता नेपाल टेलिकम, नेपाल बैंक, नबिल बैंक, नागरिक लगानी कोष, प्रभुु बैंक आदि परेका छन् । बजार पुुँजीकरणका आधारमा पनि यस साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक आदि परेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया