Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वालम्बन लघुुवित्तको नाफा ३० करोड

स्वालम्बन लघुुवित्तको नाफा ३० करोड


काठमाडौं, जेठ ५
स्वालम्बन लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३० करोड २७ लाख ७२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २८ करोड ५५ लाख १० हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ७९ करोड २३ लाख ९९ हजार रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नौ अर्र्ब पाँच करोड १५ लाख ८६ हजार रूपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ७२ करोड आठ लाख ३१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

उक्त अवधिमा ८१ करोड २८ लाख ९३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम आठ करोड ७१ लाख २८ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ७० प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले सात अर्ब ७६ लाख ५६ हजार रूपैयाँ निक्षेप संकलन गरी १३ अर्ब १३ करोड ४९ लाख ४५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ७६ करोड ९० लाख २४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ३५ लाख ८७ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ९२ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया