Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारललितपुर फाइनान्सको तेस्रो त्रैमासिक नाफा दुई करोड ७४ लाख

ललितपुर फाइनान्सको तेस्रो त्रैमासिक नाफा दुई करोड ७४ लाख


काठमाडौँ जेठ ८
ललितपुर फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई करोड ७४ लाख ८५ हजार एक सय २५ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा चार करोड १८ लाख ४६ हजार आठ सय ८० रूपैयाँले ऋणात्मक रहेको थियो । हाल चुक्ता पुँजी २३ करोड ६८ लाख ७४ हजार सात सय १३ रूपैयाँ रहेको फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक अवधिमा २३ करोड ३८ लाख ९० हजार सात सय ७२ रूपैयाँ निक्षेप संंकलन गरी छ करोड ३३ लाख ६७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा दुुई करोड ३३ लाख २५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा ९३ दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले ३० करोड ७९ लाख ७५ हजार छ सय ९५ रूपैयाँ निक्षेप संकलन गरी १३ करोड ९३ लाख ५५ हजार तीन सय ५२ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८० लाख ७० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा ७५ दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया