Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसप्तकोशी डेभलपमेन्ट बैंकद्वारा कर्मचारीहरूको कोरोना बीमा

सप्तकोशी डेभलपमेन्ट बैंकद्वारा कर्मचारीहरूको कोरोना बीमा


काठमाडौँ जेठ ८
सप्तकोशी डेभलपमेन्ट बैंकले आफ्ना कर्मचारीहरूको कोरोना बीमा गरेको छ । बैंकले विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीहरूको कोरोना बीमा गरेको जानकारी दिएको हो । बैंकले भनेको छ, आज विश्वभरका दुई सय १५ देशमा कोभिड–१९ को संक्रमणबाट ४९ लाख नौ हजारभन्दा बढी मानिस ग्रसित छन् भने तीन लाख २० हजारभन्दा बढीको मृत्युु भैसकेको छ । नेपालमा हालसम्म तीन सय ७५ जनामा संक्रमण देखिएको छ जसमध्ये ३६ जनाको सफल उपचार भएको छ भने अन्य तीन सय ३७ जनाको उपचार भैरहेको छ ।

नेपालमा पनि यस रोगको संक्रमणबाट दुुई जनाले ज्यान गुमाएका छन् । यस वर्षको मार्ग/पौषबाट छिमेकी देश चीनको वुुहानबाट सुुरू भएको मानिएको कोभिड १९ भाइरस छोटो समयमा विश्वभर फैलिएको छ । यसरी कोभिड–१९ भाइरसको नियन्त्रणका लागि एक्लो प्रयासले मात्र सफल हुुने छैन । यसका लागि सारा विश्व एक हुुन अपरिहार्य छ । यसरी विश्वभर फैलिरहेको कोभिड १९ कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्नका लागि नेपाल सरकारले अत्यावश्यक सेवा वाहेक अन्य सेवा बन्द गरेको र जनताबाट समेत समर्थन प्राप्त भएको छ ।

कोभिड १९ कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्नका लागि नेपाल सरकारले अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको भए पनि नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम बैंकिङ सेवालाई आवश्यक सेवा भनेको हुुँदा जनतालाई उनीहरूको आवश्यकताबमोजिम बैंकिङ सेवा सञ्चालन गर्न बैंकको दायित्व भएकोले बैकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरू अवलम्बन गर्दै सबै सेवाग्राही विद्युुतीय माध्यमबाट सेवा लिन नसक्ने देखिएको हुँदा उनीहरूलाई आवश्यक पर्ने न्यूनतम मात्रामा नगद कारोबारको सेवा उपलब्ध गराउन यस बैंकका कार्यालयहरू सञ्चालनमा रहेका छन् ।

यस्तो विषम परिस्थितिमा सबैले आ–आफ्नो स्थानबाट सक्दो प्रयास गर्नुुपर्दछ कोभिड १९, कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरणका लागि नेपालका बीमा कम्पनीहरूले कोरोना भाइरस कोभिड १९ रोग बीमालेख जारी गर्न थालेकोले यस बैंकमा कार्यरत एक सय ८६ जना कर्मचारीहरूको सुुरक्षा जोखिमलाई न्यूनीकरण गर्न उक्त बीमा गरिएको बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया