Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनाइटेड इन्स्योरेन्सद्वारा सेजनका सदस्यहरूको कोरोना बीमा

युनाइटेड इन्स्योरेन्सद्वारा सेजनका सदस्यहरूको कोरोना बीमा


काठमाडौँ जेठ ८
युुनाइटेड इन्स्योरेन्स कम्पनीले नेपाल आर्थिक पत्रकार समाज (सेजन)मा आबद्ध आर्थिक पत्रकारहरूको कोरोना बीमा गरेको छ । सेजनले आफ्ना प्रत्येक सदस्यहरूको ५० हजार रूपैयाँबराबरको बीमाङ्क रकमको कोरोना बीमा गराएको छ । बीमापछि सेजनमा आबद्ध विभिन्न सञ्चार माध्यममा कार्यरत आर्थिक पत्रकारहरूलाई कोरोनाले पर्ने आर्थिक व्ययभारमा कम जोखिम हुनेछ ।

युनाइटेड इन्स्योरेन्सले यस बन्दाबन्दीको अवधीमा डिजिटल प्रविधिको माध्यमबाट बीमा सेवा प्रवाह गरिरहेको जनाएको छ । कम्पनीका अनुसार, हाल आफ्नो २९ वटै शाखा कार्यालयमार्फत मोटर, बीमा अग्नी बीमा, इन्जिनियरिङ बीमा, कृषि तथा पशुपन्छी बीमालगायतका बीमा लेखहरू जारी गर्दै आएको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा चार करोड २६ लाख छ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा सात करोड ५५ लाख १३ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब दुुई करोड ८१ लाख ६० हजार रूपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी पाँच रूपैयाँ ५३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ दुुई सय २७ रूपैयाँ २३ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया