Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबीमकले उपलब्ध गराउने तालिमहरू भर्च्युअलरूपमा दिन सकिने

बीमकले उपलब्ध गराउने तालिमहरू भर्च्युअलरूपमा दिन सकिने


काठमाडौँ जेठ ८
बीमकले उपलब्ध गराउने तालिमहरू भच्र्युअलरूपमा दिन सकिने भएको छ । बीमा समितिले बुुधबार बीमा कम्पनीहरूको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । परिपत्रअनुुसार समितिले बीमकका लागि जारी गरेको बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६ को अधिनमा रही बीमालेख अनलाइन बिक्ती गर्ने कार्यविधि तयार गरी समितिमा पेस भएमा औचित्यका आधारमा स्वीकृत गर्न सकिनेछ ।

समितिको निर्देशनको अधिनमा रही लक डाउनको अवधिभरि बीमकले उपलब्ध गराउने तालिमहरू अनलाइन तथा भच्र्युुअलरूपमा गर्न सकिने उक्त तालिमको सफ्ट कपीसहितको प्रतिवेदन पेस गर्नुपर्ने छ । बीमालेख धितो राखी बीमितहरूलाई प्रदान गरिएको कर्जामा लाग्ने ब्याजदरमा लकडाउनको अवधि समाप्त भएको एक महिनाभित्र ब्याज बुुझाउन आएमा ब्याजको १५ दिनसम्म छुट र बीमकले व्यवस्थापन खर्च न्यूनीकरण गर्ने सम्बन्धमा समितिले प्रस्ताव पेस गरेमा औचित्यका आधारमा स्वीकृत गर्न सकिने समितिले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया