Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिर्जना फाइनान्सको नाफा छ करोड ७४ लाख

सिर्जना फाइनान्सको नाफा छ करोड ७४ लाख


काठमाडौं, जेठ ९
सिर्जना फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ करोड ७४ लाख ६२ हजार दुुई सय १२ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा सात करोड ५९ लाख ९० हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ७३ करोड ७२ लाख ५१ हजार दुुई सय रूपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा सात अर्ब ३५ करोड ७४ लाख सात हजार नौ सय २५ रूपैयाँ निक्षेप संकलन गरी छ अर्ब २३ करोड ६८ लाख ७९ हजार एक सय २३ रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा २२ करोड ३६ लाख ९८ हजार एक सय २० रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा दुुई दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले छ अर्ब १७ करोड ४१ लाख १८ हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ४४ करोड ४१ लाख ५४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड ८७ लाख नौ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्साम चार दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया