Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपोखरा फाइनान्सले नौ महिनामा कमायो आठ करोड ७८ लाख

पोखरा फाइनान्सले नौ महिनामा कमायो आठ करोड ७८ लाख


काठमाडौं, जेठ ९
पोखरा फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा आठ करोड ७८ लाख ८५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको तेस्र्रो त्रैमासिक अवधिमा फाइनान्सको यस्तो नाफा छ करोड २८ लाख १७ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ९१ करोड ७२ लाख ८१ हजार रूपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ अर्ब ९२ करोड ५० लाख ८१ हजार रूपैयाँ निक्षेप संकलन गरी छ अर्ब तीन करोड ५७ लाख ८० हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा २४ करोड ३५ लाख ८९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले पाँच अर्ब ७९ करोड २३ लाख आठ हजार रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २५ करोड ७२ लाख २१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १८ करोड ६८ लाख ७९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव चार प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया