Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल फाइनान्सको तेस्रो त्रैमासिक नाफा तीन करोड १२ लाख

नेपाल फाइनान्सको तेस्रो त्रैमासिक नाफा तीन करोड १२ लाख


काठमाडौं, जेठ ९
नेपाल फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन करोड १२ लाख ३३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा चार करोड ६५ लाख ४५ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २२ करोड सात लाख ३१ हजार रूपैयाँ रहेको फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक अवधिमा चार करोड ५६ लाख पाँच हजार रूपैयाँ निक्षेप संक्लन गरी दुुई करोड ५५ लाख ६४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा दुुई करोड २९ लाख सात हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा ७६ दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले चार करोड २२ लाख ६४ हजार रूपैयाँ निक्षेप संकलन गरी ५० लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ९८ लाख ३८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शत प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया