ग्रीन डेभलपमेन्ट बैंकले कमायो एक करोड ६२ लाख
काठमाडौं, जेठ ९
ग्रीन डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड ६२ लाख ५२ हजार दुुई सय एक रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक करोड ४२ लाख ७४ हजार आठ रूपैयाँ रहेको छ । चुक्ता पुँजी ५० करोड रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ३५ करोड २९ लाख ३९ हजार आठ सय ६८ रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब पाँच करोड ८० लाख ३१ हजार तीन सय ८० रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा छ करोड ३२ लाख ७१ हजार पाँच सय ३२ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकका दुई दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले एक अर्ब ७९ लाख ८३ हजार पाँच सय पाँच रूपैयाँ निक्षेप संकलन गरी ९७ करोड ३६ लाख ५७ हजार दुुई सय २३ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड छ लाख ६६ हजार दुुई सय ४८ रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित
- प्रत्येक प्रदेशमा एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने : मन्त्री भण्डारी
- पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि
- सांसद हसिना खानद्वारा सपथ ग्रहण
- कांग्रेस सबै जात, धर्म र वर्गको पार्टी हो : सहमहामन्त्री राठोर
- ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता
- घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु
- गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया