Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी बैंकका कर्मचारीहरूको कोरोना बीमा

सेञ्चुरी बैंकका कर्मचारीहरूको कोरोना बीमा


काठमाडौं, जेठ ९
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूको कोरोना बीमा गरेको छ । बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड १९ को सम्भावित संक्रमणका विरुद्ध आफ्नो सम्पूर्ण कर्मचारीहरूको सुरक्षाको लागि लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत बीमा गराउने निर्णय गरेको जानकारी दिएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ९१ करोड ५७ लाख ७९ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ६१ करोड छ लाख ७१ हजार रूपैयाँ रहेको थियो ।

चुक्ता पुँजी आठ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५९ अर्ब ९९ करोड ४७ लाख ७५ हजार रूपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब आठ करोड ९३ लाख २९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ९८ करोड एक लाख ३४ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । कर्जा तथा निक्षेपबिचको ब्याजदर अन्तर (स्प्रेड दर) चार दशमलव ७७ प्रतिशत रहेको बैंकको बितरणयोग्य नाफा भने १३ करोड ४१ लाख १५ हजार रूपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ६० अर्ब २७ करोड ६४ लाख ९६ हजार रूपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब आठ करोड ९३ लाख २९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ९७ करोड १७ लाख २१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ९६ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया