Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघरेलु लघुवित्तद्वारा कोरोना रोकथाम कोषमा रकम सहयोग

घरेलु लघुवित्तद्वारा कोरोना रोकथाम कोषमा रकम सहयोग


काठमाडौं, जेठ ९
घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न स्थानीय निकायलाई आर्थिक सहयोग गरेको छ । लघुवित्तको शाखा कार्यालयहरू धनुषाधाम, धनुषा, आर्दश कोलवाल, बारा र कोल्हुवा, नवलपुरका शाखा प्रबन्धकहरू क्रमशः ज्ञानेन्द्र कुमार यादवले धनुषा धामनगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीलाई कुन्दन प्रसाद कुशवाहले आदर्शको तवालगाउँपालिकाको प्रशासकिय अधिकृत मो.मुस्तुफा अन्सारीलाई र शिवराज उपाध्यायले मध्यविन्दु नगरपालिकाको मेयर चन्द्रबहादुर रानालाई सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कोरोना भाइरस (कोभिड १९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा रूपैया १० हजार रूपैयाँ आर्थिक सहयोगको चेक हस्तान्तरण गरेका हुुन । यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखापरेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया