Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलुुम्बिनी विकास बैंकद्वारा आफ्ना कर्मचारीको कोरोना बीमा

लुुम्बिनी विकास बैंकद्वारा आफ्ना कर्मचारीको कोरोना बीमा


काठमाडौं, जेठ ११
लुम्बिनी विकास बैंकले आफ्ना कर्मचारीहरूको कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्धको बीमा गरेको छ । बैंकमा कार्यरत हरेक कर्मचारीहरूको स्वास्थ्यको ख्याल गर्दे प्रतिकर्मचारी एक लाखको कोरोना बीमा गर्न एभरेष्ट इन्योरेन्स कम्पनीसँग सम्झौता गरेको बैंकले जानकारी दिएको छ । सम्झौताअनुसार बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पीसीआर टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिएबमोजिमको रकम क्षतिपूर्तिबापत उपलब्ध गराउने छ ।

यो पोलिसी मिति २०७७ जेष्ठ ९ गतेदेखि लागू भई एक वर्षसम्म मान्य हुने बैंकले जानकारी दिएको छ । कोरोनाको महामारी फैलिएको यो परिस्थितिमा अहोरात्र खटिरहनुभएका कर्मचारीको मनोबल केही हदसम्म भए पनि बढ्ने विश्वास बैंकले लिएको छ । यो विषम परिस्थितिमा सम्भव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न समेत बैंकले ग्राहकलाई आग्रह गरेको छ । बैंक हालसम्म देशभरका सातवटै प्रदेशमा ६८ वटा शाखा र १६ वटा एटीएममार्फत करिब साढे दुई लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया