Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबीको विशेष सुविधासम्पन्न अझै परिष्कृत कर्पोरेट इन्टरनेट बैंकिङ

एनएमबीको विशेष सुविधासम्पन्न अझै परिष्कृत कर्पोरेट इन्टरनेट बैंकिङ


काठमाडौं, जेठ ११
विश्व नै लकडाउनको अवस्थामा रहेको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै एनएमबी बैंकले परिष्कृत सेवा सहितको कर्पोरेट इन्टरनेट बैंकिङ प्रस्तुत गरेको छ । सन् २०१६ बाटै शुरु भएको एनएमबी कर्पोरेट इन्टरनेट बैंकिङ सुविधा प्रयोग गरी आफ्नो बैंक खातामा अनलाइन कारोबारलगायत अन्य धेरै कार्यहरू सहजै गर्न सकिने बैंकले जानकारी दिएको छ ।

वर्तमान कोभिड महामारीलाई विचार गरि बैंकले कर्पोरेट इन्टरनेट बैंकिङ माध्यमलाई नयाँ र आकर्षक सुविधाका साथ प्रस्तुत गरेको छ । यो सुरक्षित र छरितो डिजिटल बैंकिङ अनुभव प्रदान गर्न बैंकको प्रयास हो र बैंकले ग्रहकहरूको अनुभव अभिवृद्धि गर्न डिजिटल माध्यममा नयाँ सेवाहरू निरन्तर पस्किनेछ । उक्त इन्टरनेट बैंकिङको माध्यमबाट ठूलादेखि साना कर्पोरेट हाउसहरूले घर वा कार्यालयबाटै हरेक वित्तीय आवश्यकताहरू तत्कालै प्राप्त गर्न सक्नेछन् । एनएमबी बैंकको उक्त सरल र प्रभावकारी योजनाबाट एक बृहत् कारोबारहरू जस्तैः आफ्नो खाताको विवरणहरू हेर्न, सब्स्क्राइब गर्न र सदस्यता प्राप्त गर्न अनलाइनबाटै सकिनेछ ।

बैंकसम्म धाउनु पर्ने झन्झटबाट मुक्त भई निश्चित समयमै तलव पोष्टिङ, कुनै पनि बैंकको कुनै पनि खातामा रकम स्थानान्तरण गर्न, टेड फाइनान्स, कर्जा प्रोसेसिङलगायत अन्य विभिन्न व्यावसायिक कार्यसम्बन्धी सेवा लिन सकिने उच्च कारोबार सीमासहित सुरक्षाको नवीनतम संयन्त्रमा अत्याधुनिक पहुुँच भएको एनएमबी कर्पोरेट इन्टरनेट बैंकिङ सुविधाबाट लाभान्वित हुन सकिने बैंकले जानकारी दिएको छ । बैंकले चलू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ८८ करोड ३२ लाख ८३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ६५ करोड ११ लाख २६ हजार रूपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १३ अर्ब ९५ करोड नौ लाख ८७ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब २७ अर्ब ९३ करोड आठ लाख ९७ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब १५ अर्ब ५६ करोड ६६ लाख २८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब २९ करोड ५७ लाख ७७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा बैंकले ९७ अर्ब ८९ करोड २३ लाख दुई हजार रूपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड ५० लाख ३१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब नौ करोड ४१ लाख ९९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया