Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्टान्डर्ड चार्टर्ड बैंकको नाफा एक अर्ब ८० करोड

स्टान्डर्ड चार्टर्ड बैंकको नाफा एक अर्ब ८० करोड


काठमाडौं, जेठ १२
स्टान्डर्ड चार्टर्ड बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ८० करोड २५ लाख ९५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ७३ करोड ४४ लाख ७७ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी आठ अर्ब एक करोड १४ लाख ३१ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ८८ अर्ब ५१ करोड ४३ लाख आठ हजार रूपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ५१ करोड ४२ लाख आठ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा दुुई अर्ब ७९ करोड ४७ लाख ७१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा बैंकले ७५ अर्ब ७३ करोड १५ लाख २७ हजार रूपैयाँ निक्षेप संंकलन गरी ५३ अर्ब नौ करोड २१ लाख १७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब ५५ करोड ६० लाख २७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया