Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी लघुवित्तको नाफा चार करोड ५९ लाख

एनएमबी लघुवित्तको नाफा चार करोड ५९ लाख


काठमाडौं, जेठ १२
एनएमबी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा चार करोड ५९ लाख ७४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा तीन करोड ३२ लाख ८१ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ४० करोड ५० लाख १६ हजार रूपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ४० करोड २६ लाख नौ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५५ करोड चार लाख ६३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा १७ करोड ६८ लाख ३७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ९७ लाख १९ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ४६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने संस्थाले ९६ करोड ११ लाख ५३ हजार रूपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ७९ करोड ४८ लाख ५५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ३० लाख ३९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुुई दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया