Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसुदूरपश्चिमका उद्योगमा बैंकहरूको लगानी २७ अर्ब

सुदूरपश्चिमका उद्योगमा बैंकहरूको लगानी २७ अर्ब


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले सुदूरपश्चिम प्रदेशको औद्योगिक क्षेत्रमा कर्जा बढाएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन सम्बन्धी सुदूरपश्चिम प्रदेशको वार्षिक प्रतिवेदन २०७९/८०अनुसार २०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले औद्योगिक क्षेत्रमा २६ अर्ब ८९ करोड दुई लाख रूपैयाँ कर्जा लगानी गरेका छन् । यो कर्जा २०७९ असार मसान्तको तुलनामा चार दशमलव ७ प्रतिशतले बढी हो ।

प्रतिवेदनअनुसार गतवर्षको सोही अवधिमा यस्तो कर्जा चार दशमलव २१ प्रतिशतले घटेको थियो । कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १७ दशमलव ७२ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ । कुल औद्योगिक कर्जामध्ये खानीसम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी ३० दशमलव ३२ प्रतिशतले वृद्धि हुँदा विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा सबैभन्दा बढी सात दशमलव ७१ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेयपदार्थ उत्पादनसम्बन्धी उद्योगमा ४० दशमलव ८४ प्रतिशत, गैरखाद्यवस्तुसम्बन्धी उद्योगमा २९ दशमलव ७८ प्रतिशत, निर्माणसम्बन्धी उद्योगमा २० दशमलव ५७ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा छ दशमलव ९६ प्रतिशत, विद्युत्, ग्यास तथा पानी उद्योगमा एक दशमलव १० प्रतिशत र खानीसम्बन्धी उद्योगमा शून्य दशमलव ७५ प्रतिशत अंश छ ।

कुल औद्योगिक कर्जामध्ये कैलाली जिल्लाको अंश सबैभन्दा बढी ७८ दशमलव ४८ प्रतिशत अर्थात्२१ अर्ब १० करोड १९ लाख ७० हजार रूपैयाँ छ भने बझाङ जिल्लाको सबैभन्दा कम शून्य दशमलव ३१ प्रतिशत अर्थात् आठ करोड ४६ लाख ८० हजार रूपैयाँ छ । यसैगरी बाजुरामा शून्य दशमलव ३८ प्रतिशतका दरले १० करोड १० लाख ८० हजार रूपैयाँ कर्जा प्रवाह हुँदा दार्चुलामा शून्य दशमलव ४२ प्रतिशत अर्थात्११ करोड २६ लाख ३० हजार रूपैयाँ कर्जा प्रवाह भएको छ । प्रतिवेदनअनुसार बैतडीमा शून्य दशमलव ५२ प्रतिशत अर्थात् १३ करोड ९८ लाख ८० हजार रूपैयाँ कर्जा प्रवाह हुँदा डडेलधुरामा एक दशमलव ६० प्रतिशत अर्थात्४३ करोड १२ लाख ९० हजार रूपैयाँ कर्जा प्रवाह भएको छ ।

डोटीमा एक दशमलव शून्य चार प्रतिशतका दरले २७ करोड ९३ लाख ६० हजार रूपैयाँ कर्जा प्रवाह हुँदा अछाममा शून्य दशमलव ६९ प्रतिशतका दरले १८ करोड ५८ लाख ५० हजार रूपैयाँ कर्जा प्रवाह भएको छ । यसैगरी कञ्चनुरमा भने १६ दशमलव ५६ प्रतिशतका दरले चार अर्ब ४५ करोड ४२ लाख ५० हजार रूपैयाँ कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाहरूबाट सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०७९ असार मसान्तको तुलनामा १० प्रतिशतले बढेर १६ अर्ब ७४ करोड ८४ लाख रूपैयाँ पुगेको छ । गतवर्षको सोही अवधिमा यस्तो कर्जा २६ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी अन्य कृषि तथा कृषिजन्य सेवामा २२ दशमव २६ प्रतिशत प्रवाह भएको छ भने सबैभन्दा कम शून्य दशमलव तीन प्रतिशत सनपाट शीर्षकमा प्रवाह भएको छ । यस प्रदेशमा प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश ११ दशमलव शून्य चार प्रतिशत छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामध्येकैलाली जिल्लाको अंश ६६ दशमलव १२ प्रतिशत, कञ्चनपुरको २० दशमलव ४७ प्रतिशत, डडेलधुरा, डोटी, दार्चुला, बझाङ, अछाम, बैतडी, तथा बाजुराको अंश क्रमशः तीन दशमलव ५२ प्रतिशत, दुई दशमलव २० प्रतिशत, एक दशमलव ९३ प्रतिशत, एक दशमलव ८९ प्रतिशत, एक दशमलव ५५ प्रतिशत, एक दशमलव ४१ प्रतिशत र शून्य दशमलव ९० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

कर्णालीका उद्योगमा चार अर्ब
बैंक तथा वित्तीय संस्थाहरूले कर्णाली प्रदेशको औद्योगिक क्षेत्रमा झण्डै चार अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/०७९ मा तीन अर्ब ६७ करोड ४७ लाख रहेको कुल औद्योगिक कर्जा समीक्षा वर्षमा आठ दशमलव ४७ प्रतिशतले बढेर तीन अर्ब ९८ करोड ६१ लाख रूपैयाँ पुगेको हो ।

कृषि, वन तथा पेयपदार्थ उत्पादनसम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी २० दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ भने खानीसम्बन्धी उद्योगमा प्रवाहित कर्जामा सबैभन्दा बढी २७ दशमलव ३९ प्रतिशतले ह्रास आएको छ । विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा प्रवाह भएको कर्जा १४ दशमलव ३३ प्रतिशत, गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा प्रवाहित कर्जा ११ प्रतिशत र निर्माणसम्बन्धी उद्योगमा प्रवाहित कर्जा छ दशमलव १० प्रतिशतले बढेको छ । धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा प्रवाहित कर्जामा १३ दशमलव शून्य पाँच प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । कुल औद्योगिक कर्जामध्ये निर्माणसम्बन्धी क्षेत्रको अंश सबैभन्दा बढी २८ दशमलव ९९ प्रतिशत र खानीसम्बन्धी क्षेत्रको सबैभन्दा कम एक दशमलव ८८ प्रतिशत छ । त्यसैगरी, गैरखाद्यवस्तु उत्पादनसम्बन्धी उद्योग, कृषि, वन तथा पेयपदार्थ उत्पादनसम्बन्धी उद्योग, धातुका उत्पादन मेसिनरी तथा इलेक्ट्रोनिक्ससम्बन्धी उद्योग र विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगले कुल औद्योगिक कर्जाको अनुपात भने क्रमशः २८ दशमलव ७० प्रतिशत, २८ दशमलव शून्य पाँच प्रतिशत, आठ दशमलव ६७ प्रतिशत र तीन दशमलव ७१ प्रतिशत छ ।

प्रतिवेदनअनुसार समीक्षा वर्षमा कर्णाली प्रदेशमा औद्योगिक कर्जाको उपयोग रुकुम पश्चिम, सल्यान, सुर्खेत, मुगुर डोल्पा जिल्लामा क्रमशः २७ दशहमलव ८६ प्रतिशत, १७ दशमलव २९ प्रतिशत, १३ दशमालव ७९ प्रतिशत, नौ दशमलव ७६ प्रतिशत र चार दशमलव ४२ प्रतिशतलेबढेको छ भनेबाँकी दैलेख, हुम्ला, कालिकोट, जाजरकोट र जुम्ला जिल्लामा औद्योगिक कर्जाको उपयोग क्रमशः १९ दशमलव शून्य चार प्रतिशत, १८ दशमलव ९६ प्रतिशत, १५ दशमलव ६२ प्रतिशत, छ दशमलव ८५ प्रतिशत र छ दशमलव १४ प्रतिशतले घटेको छ । सुर्खेत जिल्लामा सबैभन्दा धेरै दुई अर्ब ६१ करोड ४७ लाख औद्योगिक कर्जा उपयोग हुँदा सबैभन्दा कम ८८ लाख डोल्पा जिल्लामा उपयोग भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया