महालक्ष्मी विकास बैंकको कार्यक्रम
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न शाखामार्फत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, सामाजिक संस्था र धार्मिक संघलाई सहयोग गरेको छ । बैंकको न्युरोड शाखाले हिमालय माध्यमिक विद्यालय, न्युरोडलाई एक थान प्रिन्टर प्रदान गरेको छ । विद्यालयको प्रशासनिक तथा दैनिक कार्यमा सहयोग पु-याउने हेतुले उक्त प्रिन्टर प्रदान गरिएको बैंकको भनाइ छ । न्युरोड शाखाका प्रमुख कुमार अधिकारीले विद्यालयका प्रधानाध्यापक हिरा महर्जनलाई प्रिन्टर हस्तान्तरण गरेका थिए । त्यसैगरी बैंकको गोंगबु शाखाले पनि काठमाडौं महानगरपालिका वडा नं २६ मा अवस्थित पवित्रनगर समाजलाई आर्थिक सहयोग गरेको छ । समाजको कार्यालय कक्षमा स्थापना गर्न लागिएको सार्वजनिक पुस्तकालयमा आवश्यक पुस्तक तथा अन्य सामग्री खरिद गर्नका लागि बैंकले उक्त सहयोग गरेको हो । गोंगबु शाखाका प्रमुख अमिता बगालेले पवित्रनगर समाज समितिका अध्यक्ष सूर्यमणि पौडेललाई ३० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेकी थिइन् ।
उल्लेखित कार्यक्रम सँगसँगै बैंकको बसुन्धरा शाखाद्वारा टोखा नगरपालिका वडा नं ४ मा अवस्थित श्रीकृष्ण धार्मिक संघलाई दुई थान उफर हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । श्रीकृष्ण मन्दिरमा नियमितरूपमा दुई वटा हलमा भजनकीर्तन गरिने गरेको तर आर्थिक अभावका कारण उफरको व्यवस्था गर्न नसकिएकाले बैंकले उक्त सहयोग प्रदान गरेको हो । बसुन्धरा शाखाका प्रमुख विकास देवकोटाले श्रीकृष्ण धार्मिक संघलाई उफर हस्तान्तरण गरेका थिए । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिकरूपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तररूपमा सञ्चालन गर्ने बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया