नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हायत रिजेन्सी काठमाडौंमा ‘एमडीआरटी अचिभर्स अवार्ड–२०२४’ भव्यतापूर्वक सम्पन्न गरेको छ । सन् २०२३ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा ‘एमडीआरटी २०२४’ का लागि योग्य भएका एक सय १६ जना अभिकर्तालाई सम्मानित गरिएको छ ।
पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवाल, सञ्चालक विमलप्रसाद ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्तरूपमा कार्यक्रमको समुद्घाटन गरेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीले वर्ष सकिएको आठ दिनभित्र नै भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको बताए । ‘पराक्रमी गति, आक्रामक नीति’ भन्ने नाराका साथ कम्पनीले मनाइरहेको सार्क वर्ष २०८०/८१ को उद्देश्यलाई शिरोधार्य गर्दै व्यवसाय विस्तारमा दत्तचित्त भई कार्य सम्पादन गर्न सम्पूर्ण अभिकर्तालाई आग्रह गरे । नेपाल लाइफले बीमा बजारको एक चौथाइभन्दा बढी हिस्सा ओगटेको र आगामी दिनमा आमनागरिकबीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरेका छन् । बीमकको मागअनुरूप बजार सुहाउँदो बीमा योजनाहरू निकट भविष्यमा नै सार्वजनिक गर्न कम्पनीले द्रूत गतिमा तयारी गरी रहेको जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरू रहेको साथै उहाँहरूकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफू विश्वस्त रहेको कुरा बताए । अभिकर्ताको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।
कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लागेका सम्पूर्ण अभिकर्तालाई हृदयदेखि नै धन्यवाद ज्ञापन गरेका थिए । नेपाल लाइफ आफैँमा जीवन बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको स्थापित ब्रान्ड रहेको र यससँग जोडिन पाउनु हामी सबैको लागि हर्षको विषय रहेको बताए । वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवालले अभिकर्ता भनेको प्रगतिको सहयात्री भएको र सोको महत्तालाई मनन् गर्दै आमनेपाली नागरिकलाई बीमाको उपयोगिता र औचित्यता प्रकाश पार्न सकिएमा नेपालको बीमा बजारमा प्रचुर सम्भावना रहेको र यसलाई मूर्तता प्रदान गर्न ठोस कार्ययोजनासहित अघि लम्कन आग्रह गरे । एमडीआरटी वित्तीय क्षेत्रमा ख्यातिप्राप्त अवार्ड रहेको र यसबाट सम्मानित हुने सबैलाई बधाई तथा आगामी दिनको लागि शुभकामना ज्ञापन गरे । एमडीआरटीमा योग्य भएका अभिकर्ताहरूले उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न आग्रह गरे । अभिकर्ताको प्रगति उन्नति नै कम्पनी प्रगति हो भन्ने विचार व्यक्त गरे ।
कार्यक्रममा बोल्दै सञ्चालक विमलप्रसाद ढकालले यस कम्पनीका बीमा अभिकर्ताहरूले बीमालाई नेपालीको घरदैलोमा पुर्याउन गरेको योगदानका निम्ति धन्यवाद ज्ञापन गरे । उत्कृष्ट व्यवसाय गर्दै सम्मानित भएका सम्पूर्ण बीमा अभिकर्तालाई बधाई तथा आगामी दिनमा थप सफलताका लागि शुभकामना व्यक्त गरे । उनले मान्छेले जे परिकल्पना गर्छ त्यही नै प्राप्त गर्ने हुँदा ठूलो उद्देश्य लिई अगाडि बढ्न आग्रह गरे । यस कम्पनीका बीमा अभिकर्ताहरू ठूलो रुखको मुनि रहेका कारण बजारमा जान सजिलो रहेको र सोलाई बजारीकरण गर्दै बीमाको पहँुचलाई आमनागरिकबीच पुर्याउन आग्रह गरे ।
२०२३ मा सीओटी हुन सफल भएका माधव भण्डारीले नेपाल लाइफको सहयोग, मार्गदर्शन, उत्प्रेरणाले नै गर्दा सीओटी बन्न सफल भएको र यस यात्रामा सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गरे । यस कम्पनीले अभिकर्ताको सिप विकासका निम्ति विभिन्न कार्यक्रम गर्दै आएकोमा मुक्तकण्ठले प्रशंसा गरे । आगामी दिनमा थप परिष्कृत बनाउन व्यवस्थापनलाई सुझाव दिए । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका नवनिर्वाचित अध्यक्ष गणेश अधिकारीले सम्मानित हुने सबैलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा थप ऊर्जाका साथ बीमालाई नेपालीको घरदैलोसम्म पुर्याउन कुनै कसर बाँकी नराखी युद्धस्तरमा सम्पूर्ण अभिकर्ताहरू एक जुट भई लाग्न आग्रह गरे । वर्ष सकिएको छोटो समयमा नै भव्य कार्यक्रम आयोजना गरेकोमा व्यवस्थापनलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित हुने सबैलाई बधाई दिँदै आगामी वर्ष झन् बढी संख्यामा एमडीआरटीलाई सम्मान गर्न कम्पनी लालायित रहेको बताए । आर्थिक मन्दीका बीच पनि अभिकर्ताहरूको अथक मेहनत, परिश्रमका कारण एमडीआरटीको संख्या गत वर्षको तुलनामा बढेको र यो संख्या अब ज्यामितीय गतिमा बढ्नेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा पूर्वप्रमुख सूचना आयुक्त तथा नेपाल सरकारको पूर्वसचिव कृष्णहरि बाँस्कोटाले प्रस्तुतीकरण दिएका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ र हेटौँडा–पालुङ–नौबिसे सडकमा गुड्नथाले गाडी
- बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड
- सुस्तागाउँ भारत र नेपालले तटबन्ध नगर्दा डुबानमा
- बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
- प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
- कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छ: मन्त्री भण्डारी
- विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण
- विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया