गरिमा विकास बैंकको १७औँ बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १७औँ बार्षिक साधारणसभा आज(आईतबार) कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । उक्त साधारणसभाले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव पारित गरेको छ ।
साधारणसभाले विकास बैंकको अधिकृत पुँजी वृद्धि गरी पाँच अर्ब ७० करोड बनाउने, आर्थिक वर्ष २०८०/०८१ को लागि लेखा परीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ । हाल पाँच अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ चुक्ता पुँजी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनश शेयर वितरणपश्चात चुक्ता पुँजी पाँच अर्ब ६८ करोड पाँच लाख १७ हजार तीन सय २७ रुपैयाँ पुगेको छ ।
विकास बैंकको हाल देशभर एक २३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा छन् भने बैंकले हालसम्म करिब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले जनाए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- केराखेतीबाट वार्षिक १४ लाख आम्दानी
- ललितपुरमा मङ्गलबारदेखि इन्द्रजात्रा सुरु हुने
- कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरि
- नारायणगढ मुग्लिन सडक मर्मतपछि दुईतर्फी सञ्चालन
- प्रधानसेनापति ट्रफी सुरु
- स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते
- प्रसारणलाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनेगरी कानुनी व्यवस्था गर्ने
- सडक दुर्घटनाको दिगो नियन्त्रणका लागि प्रधानमन्त्रीलाई आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया