Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको नाफा तीन अर्ब तीन करोड

राष्ट्रिय वाणिज्य बैंकको नाफा तीन अर्ब तीन करोड


काठमाडौँ जेठ १३
राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब तीन करोड ६३ लाख ९३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा तीन अर्ब ४९ करोड ९५ लाख १० हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी नौ अर्ब चार करोड ७९ लाख ५७ हजार रूपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई खर्ब चार अर्ब ५७ करोड ११ लाख रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब ६७ करोड ९० लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा छ अर्ब ९३ करोड ३१ लाख ८१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा बैंकले एक खर्ब ८९ अर्ब २५ करोड ५३ लाख ३५ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४२ अर्ब दुुई करोड २८ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात अर्ब ३७ करोड ९७ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया