Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया क्यापिटलद्वारा संस्थागत परामर्श सेवा सञ्चालन

एनआईसी एसिया क्यापिटलद्वारा संस्थागत परामर्श सेवा सञ्चालन


काठमाडौँ जेठ १३
एनआईसी एसिया क्यापिटलले संस्थागत परामर्श सेवा प्रदान गर्ने योजनाअन्तर्गत नेपाल सरकार, राष्ट्रिय योजना आयोगले मिति २०७७/०१/२९ गते नवप्रवर्तन सुरुवाती पुँजी अनुदान प्रदान गर्ने सम्बन्धमा प्रस्ताव आह्वान गरेबमोजिम ‘नवप्रवर्तन सुरुवाती पुँजी अनुदान सम्बन्धी कार्यविधि, २०७६’ तथा ‘नवप्रर्वतन सुरुवाती पुँजी अनुदान सम्बन्धी मापदण्ड, २०७७’ मा उल्लेख भएअनुसारको प्रस्ताव तयार गरिदिने सेवा सञ्चालनमा ल्याएको छ ।

यसअन्तर्गत यस क्यापिटलले नवीनतम ज्ञान, सिप र क्षमता भएका आविष्कारकर्ता, उद्यमी, व्यवसायी व्यक्ति वा संस्थाहरूलाई निजहरूको योजनाअनुरूपको व्यवसाय सफल पार्न परामर्श दिने, थप अध्ययन तथा अनुसन्धान गरी व्यावसायिक योजना तयार गरिदिन छ । यसका साथै नेपाल सरकारले हालै जारी गरेको नवप्रवर्तनीय कार्यको प्रस्तावसम्बन्धी शर्त, आवश्यक कागजात तथा माग गरेबमोजिमको विवरणअनुरूपको व्यावसायिक योजना समेत तयार गरिदिने छ ।

यसप्रकारको संस्थागत परामर्श सेवाले हाल कायम बन्दाबन्दीको कारणले गर्दा आफ्नो व्यावसायिक योजना बनाउन समस्यामा परेका व्यक्ति तथा संस्थाहरूलाई उहाँहरूको ज्ञान, सीप तथा क्षमताअनुसारको व्यावसायिक योजना तयार गर्न, नेपाल सरकारले उपलब्ध गराउने अनुदान तथा अन्य आवश्यक सुरुवाती पुँजी जुटाउन समेत महत्वपूर्ण सहयोग पुग्नेमा क्यापिटलले विश्वास लिएको छ । साथै यस क्यापिटलबाट संस्थागत परामर्श सेवा लिने पहिलो केही ग्राहकहरूलाई निःशुल्क रूपमा उक्त सेवा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया